आरम्भ कलेज भरतपुरको उत्कृष्ट नतिजा, बिएचएम र बिआइटिएममा विद्यार्थी जिल्ला टपर

Published Date: 19 May 2026

आरम्भ कलेज भरतपुरको उत्कृष्ट नतिजा, बिएचएम र बिआइटिएममा विद्यार्थी जिल्ला टपर

चितवन : भरतपुर–११ स्थित आरम्भ कलेजले पुनः उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै चितवनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरूले बिएचएम तथा बिआइटिएम चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट जिपिए ल्याउँदै जिल्ला टपर बन्न सफल भएका हुन् ।

बिएचएमतर्फ सन्ध्या गोलेले ३.८८ जिपिएसहित जिल्ला प्रथम स्थान हासिल गरेकी छन् । नेबिका मैनालीले ३.८३ जिपिए ल्याउँदै जिल्ला दोस्रो तथा ङवाङ वम्जम तामाङले ३.८० जिपिएसहित तेस्रो स्थान प्राप्त गरेका छन् ।

त्यसैगरी बिआइटिएम चौथो सेमेस्टरतर्फ ओजस्वी आचार्यले ३.८३ जिपिएसहित जिल्ला प्रथम बन्न सफल भएकी छन् । अङ्गिता अधिकारीले ३.८१ जिपिएसहित दोस्रो र बिपल श्रेष्ठले ३.७४ जिपिएसहित तेस्रो स्थान हासिल गरेका छन् ।

कलेजले छोटो समयमै निरन्तर उत्कृष्ट नतिजा निकाल्दै चितवनमा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको छ ।

Read more at Saurahaonline.

Other Recent Blogs
BHM Internship Interview Questions in Nepal: How to Prepare for Hotels and Resorts

26 Aug 2026


Hotel Management Course After +2 in Nepal: BHM, Diploma, or Hospitality Degree?

26 Aug 2026


Is BITM Difficult? Coding, Mathematics, Management Subjects & Workload Explained

26 Aug 2026


Mixology in Nepal: Courses, Skills, Salary and Career Opportunities

26 Aug 2026