छाेटाे समयमै आरम्भ कलेजले गुणस्तरीय शैक्षिक सँस्थाकाे पहिचान बनाएकाे छ – सुरज सिवाकोटी

Published Date: 04 Jun 2025

छाेटाे समयमै आरम्भ कलेजले गुणस्तरीय शैक्षिक सँस्थाकाे पहिचान बनाएकाे छ – सुरज सिवाकोटी

२०८२ जेष्ठ २१  बुधबार

चितवन। भरतपुुर -११,मुक्तिनगर स्थित आरम्भ कलेजले छाेटाे समयमै उत्मृष्ट शैक्षिक सँस्थाकाे पहिचान बनाएकाे छ।

त्रिभुवन विश्वविद्यालयकाे सम्बन्धन प्राप्त साे कलेजले BHM(  Bachelor of Hotel Management ) र Bachelor of Information Management [BIM] विषयमा स्नातककाे पढाइ सञ्चालन गरिरहेको छ। BHM हाेटल व्यवस्थापनकाे प्रयाेगात्मकम शीपमा आधारित अध्ययन हाे । BIM भने ६० प्रतिशत बढी पढाइ प्रविधि ( IT) मा आधारित हुन्छ।

सेमिस्टर प्रणालीमा आधारित शैक्षिक व्यवस्था रहेकाे यी विषयमा आरम्भ कलेजका विद्यार्थीहरुले उत्कृष्ट नजिजा ल्याएकाे प्रिन्सिपल सुरज सिवाकोटीले बताउनुभयो । `गत वर्षकाे नतिजामा आरम्भ कलेजकाे विद्यार्थीले ३.९४ जिपिए ल्याउनुकाे साथै देशकै एक उत्कृष्ट कलेज घाेषित भएकाे हाे´- प्रिन्सिपल सिवाकोटीले बताउनुभयो ।

८ सेमिस्टरमा पूराहुने याे काेर्स पढेका विद्यार्थीहरुले अन्तिम दुई सेमिस्टरकाे प्रयाेगात्मक अध्ययनका लागि अस्ट्रेलिया,चीन,दुवई जस्ता देशका उत्कृष्ट सँस्थाहरुमा जानेगरेकाे वहाँले बताउनु भएकाे छ ।

`आरम्भ कलेजमा पढेका विद्यार्थीहरुले पढाइ का लागि गरेकाे खर्च रकम त विदेशमा प्राक्टिकल गर्न गएकाे पहिलाे ६ महिनामै कमाएका र पढाइ सक्दासम्ममा त पैसा र क्यारिएर दुवै निर्माण गर्न सक्ने हुनाले  कलेजमा विद्यार्थीकाे आकर्षण बढेकाे वहाँ बताउनुहुन्छ।

इन्टेककाे शुरुवातमै कलेजले करिव ९७ प्रतिशत विद्यार्थी भर्ना लिएकाे कलेजका अध्यक्ष सुरेन्द्र सुवेदीले बताउनुभयो ।

पूर्ण रुपमा जागिर र स्वराेजगारमूलक पढाइ हुनेहुनाले BHM र BIM अहिलेकाे समयमा युवाहरुकाे राेजाइकाे विषय भएकाे वहाँ बताउनुहुन्छ । आरम्भ कलेजमा दुवै विधामा ६६/६६ वटा सिट सँख्या रहेका छन्।

`विद्यार्थीहरु १२ कक्षा पास हुनासाथ विदेशीने सपना देख्छन् । BHM/NIM जस्ता विषय पढेर जाने हाे भने कहिल्यै धाेकाखानु पर्दैन´-सिवाकोटीले भन्नुभयाे ।

आरम्भ कलेजले आउँदाे शैक्षिकसत्रका लागि परामर्श तथा तैयारी कक्षा सञ्चालन गरिरहेकाे जनाएको छ।कलेजले अव तेश्राे व्यचकाे भर्नालिने तैयारी गरिरहेको जनाएको छ।

posted on - shreekhabar.com

Other Recent Blogs
Top Industries Hiring BBA Graduates in the Next Decade

26 Feb 2026


Aarambha College Maintains Academic Excellence in BITM and BHM Programs

20 Feb 2026


आरम्भ कलेज बीआईटीएम र बीएचएममा निरन्तर चितवन टप

20 Feb 2026


आरम्भ कलेजको शैक्षिक फड्कोः बिआइटिएम र बिएचएममा पुनः चितवन टप

20 Feb 2026