आरम्भ कलेज बीआईटीएम र बीएचएममा निरन्तर चितवन टप

Published Date: 20 Feb 2026

आरम्भ कलेज बीआईटीएम र बीएचएममा निरन्तर चितवन टप

८ फागुन, काठमाडौं । अघिल्ला वर्षहरू झैं यस वर्ष पनि आरम्भ कलेज पुनः चितवन प्रथम एवं द्वितीय हुँदै उत्कृष्ट नतिजा प्रदर्शन गर्न सफल भएको छ ।

शैक्षिक हबका रूपमा विकसित हुँदै गरेको चितवन भरतपुरमा रहेको आरम्भ कलेजले स्थापनाको छोटो समयमा नै उत्कृष्ट नतिजा ल्याएर आफूलाई अब्बल कलेज साबित गरिरहेको छ ।

आरम्भ कलेजको बीएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) र बीआईटीएम (ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट) तर्फ सेकेन्ड सेमेस्टर (ब्याच २०२४) का तीन विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

आरम्भ कलेजले बीआईटीएमतर्फ चितवन जिल्ला प्रथम र जिल्ला द्वितीय तथा बीएचएमतर्फ जिल्ला द्वितीय स्थान हासिल गरेको छ । बीआईटीएमकी छात्रा सेजल खड्गी ३.८४ एसजीपीए ल्याई चितवन टपर हुन सफल भएकी छन् भने छात्र सौरभ पौडेल ३.७६ एसजीपीए ल्याएर चितवन सेकेन्ड टपर भएका छन्  यसैगरी बीएचएमका छात्र सबिन श्रेष्ठ ३.८३ एसजीपीए ल्याएर चितवन सेकेन्ड टपर भएका छन् ।

कलेजका प्राचार्य सुरज शिवाकोटीले आरम्भ कलेज यसअघि त्रिविको बीएचएमतर्फ नेपाल पाँचौं, नेपाल चौथो हुँदै नेपाल तेस्रो बन्न सफल भएको जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले व्यवस्थापन संकायतर्फ बीआईटीएम र बीएचएमको पढाइ सञ्चालन गरेको छ । गत वर्ष बीएचएम पहिलो सेमेस्टर परीक्षामा सबिन श्रेष्ठ ३.९८ एसजीपीए सहित चितवन प्रथम र त्रिवि तेस्रो भएका थिए । बीआईटीएमकी छात्रा सेजल खड्गी अघिल्लो वर्ष पनि ३.८४ एसजीपीए सहित जिल्ला प्रथम भएकी थिइन् ।

कलेज स्थापनाको वर्ष पहिलो सेमेस्टरको परीक्षामा बीएचएमकी छात्रा ङवाङ बम्जन तामाङ ३.९२ एसजीपीए ल्याएर नेपाल पाँचौं र चितवन प्रथम भएकी थिइन् । दोस्रो सेमेस्टरको परीक्षामा पनि उनले ३.९४ ल्याई नेपाल चौथो र चितवन दोस्रो भएकी थिइन् ।

उत्कृष्ट विद्यार्थीको पहिलो रोजाइ आरम्भ कलेज, अबको यात्रा गोल्ड मेडलतिर

स्थापनाकालदेखि नै फरक शैली एवं उद्देश्यका कारण विद्यार्थी एवं अभिभावकको भर्ना एवं चासो प्रक्रिया हेर्दा पहिलो रोजाइ आरम्भ कलेज भइरहेको देखिन्छ । चार वर्षे स्नातक तहको पाठ्यक्रममा आधारित बीएचएम र बीआईटीएम विषयमा वर्षका दुई सेमेस्टरका दरले कुल आठ सेमेस्टर पढाइ हुने प्राचार्य शिवाकोटीले जानकारी दिए ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कम्तीमा डी ग्रेड (१.८ जीपीए) ल्याएका विद्यार्थीले १२ कक्षा सकेपछि सिम्याट परीक्षा उत्तीर्ण गरेर यस कलेजमा सहजै भर्ना हुन पाउने उनले बताए ।

कलेज स्थापनादेखि अहिलेसम्मको नतिजाले आफूहरू निकै उत्साहित भएको र अबको यात्रा आफ्ना विद्यार्थीलाई त्रिवि प्रथम बनाएर स्वर्णपदक दिलाउने रहेको प्राचार्य शिवाकोटीले बताए ।

उनले बीएचएम अन्तिम वर्षका दुई सेमेस्टरमा इन्टर्नसिपको व्यवस्था गरिएको र त्यस्तो इन्टर्नसिपका लागि अमेरिकामा ४३ पाँचतारे होटलसँग सहकार्य गरिरहेको कम्पनीसँग सहकार्य गरिरहेको नेपाली कम्पनीसँग आरम्भले सम्झौता गरिसकेको प्राचार्य शिवाकोटीले जानकारी दिए ।

आरम्भ कलेजका बीएचएमका विभागीय प्रमुख दीपेन्द्र सुवेदी कलेजले क्रमशः नतिजामा सुधार गर्दै त्रिवि प्रथम हुने दिशामा अगाडि बढिरहेको बताए । उनले अहिलेको नतिजा क्रम हेर्दा भावी दिनमा सहजै त्रिवि प्रथम हुने सम्भावना रहेको दाबी गरे ।

कलेजका बीआईटीएम विभागीय प्रमुख झविलाल भुसालले कलेज स्थापनाको वर्ष, गत वर्ष र यस वर्ष बीआईटीएमका विद्यार्थीले जिल्ला प्रथम भएकाले भावी दिनमा त्रिविकै उच्च स्थानमा नतिजा ल्याउन सक्ने प्रशस्त सम्भावना रहेको बताए ।

उनले आरम्भ कलेजमा बीआईटीएमतर्फ त्रिवि पाठ्यक्रमका अतिरिक्त आर्टिफिसियल इन्टिलिजेन्स (एआई), साइबर सेक्युरिटी, मेसिन लर्निङ लगायत विषयमा पढाइ भइरहेको जाननकारी दिए ।

Posted on: onlinekhabar.com

Other Recent Blogs
Front Office vs Food & Beverage vs Housekeeping: Which BHM Specialisation Fits You?

23 Sep 2026


BITM Project Portfolio Ideas for Students: 12 Practical Projects to Impress Employers

23 Sep 2026


Hotel Management in Chitwan: How Tourism, Events and Resorts Create BHM Career Paths

23 Sep 2026


BITM for Management Students After +2: Can Non-Science Students Build an IT Career?

23 Sep 2026