सेफ सन्तोष शाहद्वारा आरम्भ कलेजका विद्यार्थीसँग अन्तरक्रिया

Published Date: 02 Aug 2024

सेफ सन्तोष शाहद्वारा आरम्भ कलेजका विद्यार्थीसँग अन्तरक्रिया

13 July, 2024

 

आइतबार आरम्भ कलेज परिसरमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ सन्तोष शाहले विद्यार्थीहरुसँग अन्तरक्रिया गरे। उनले हस्पिटालिटी र उद्यमशीलतामा जोड दिँदै विद्यार्थीहरुलाई उत्प्रेरणा दिए। बिबिसी सेफ च्याम्पियनसीप प्रतियोगिताको उपाधि जितेका शाहले आफ्नो सफलताको कथा सुनाए। पाँच वर्षको तयारीपछि सफलता पाएको उल्लेख गर्दै उनले लगनशील भएमा व्यक्ति सफल हुन सक्ने बताए।

शाहले 'मिथिला थाली' जस्ता स्थानीय परिकारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पहुँच दिन गरेको प्रयासबारे प्रष्ट पारे। उनले भारत र बेलायतमा गरेका संघर्षका मार्मिक कथाहरु विद्यार्थीहरुसँग बाँडे। अन्तरक्रियापछि शाहले आरम्भ कलेजको अवलोकन गरे र ‘पढ्दै कमाउँदै’ भन्ने मान्यताको प्रशंसा गरे। कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले विद्यार्थीमा लगनशीलता र धैर्यताको महत्त्वमा जोड दिए।

उनले विश्वप्रसिद्ध व्यक्तिहरुलाई कलेजमा ल्याएर विद्यार्थीहरुसँग अन्तरक्रिया गराउँदा विद्यार्थीको मनोबल बढ्ने बताए। बिएचएम र बिआइएमका विद्यार्थीहरु अन्तरक्रियामा सहभागी थिए। भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको शिवाकोटीले जानकारी दिए।

 

Source Link: सेफ सन्तोष शाहद्वारा आरम्भ कलेजका विद्यार्थीसँग अन्तरक्रिया (kayakairan.com)

Other Recent Blogs
BBM Salary in Nepal: Freshers to Management Roles

05 Jun 2026


BHM vs Culinary Arts in Nepal: Career, Salary & Scope

05 Jun 2026


BBS vs BBM in Nepal: Which Degree Is Better for You?

05 Jun 2026


Best Private Sector Jobs After BBA in Nepal

05 Jun 2026