रोटरी क्लब अफ रत्ननगरले मिनी म्याराथुन दौड आयोजना गर्ने

Published Date: 30 Jul 2024

रोटरी क्लब अफ रत्ननगरले मिनी म्याराथुन दौड आयोजना गर्ने

February 8, 2024

 

रत्ननगर, माघ २२ - रोटरी क्लब अफ रत्ननगरले यहाँको समग्र पर्यटन प्रबद्र्धन गर्न मिनी म्याराथन आयोजना गर्ने भएको छ। आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथन दौड आयोजना हुनेछ। कार्यक्रम संयोजक विपिन पोखरेलले पत्रकार सम्मेलनमा प्रतियोगिताका बारेमा जानकारी दिनुभयो।

प्रतियोगिता दुई किसिमको हुनेछ: १५.५ किलोमिटरको खुल्ला प्रतियोगिता र ५ किलोमिटरको महिला लक्षित प्रतियोगिता। १५.५ किमीको खुल्ला प्रतियोगिता नारायणी नदी किनारबाट सुरु भई हरिहर मन्दिर रत्ननगरमा समाप्त हुनेछ भने ५ किमीको महिला लक्षित प्रतियोगिता भरतपुर महानगरपालिकाको जंगल सीमाबाट सुरु भई त्यहीँ समाप्त हुनेछ।

खेलाडी मात्र होइन, आम सर्वसाधारणले पनि सहभागिता जनाउन सक्नेछन्। सिमान्तकृत चेपाङ्ग समुदायका धावकहरुलाई विशेष प्रोत्साहन गरिनेछ।

चार सय हाराहारी सहभागी हुने अपेक्षा गरिएको छ। क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले राष्ट्रिय प्रतिभाहरुको पहिचान एवं प्रबद्र्धन गर्ने उद्देश्यले यो मिनी म्याराथन आयोजना गरिएको बताउनुभयो।

१५.५ किलोमिटरको प्रतियोगितामा प्रथम हुनेलाई एक लाख रुपैयाँ नगद, प्रमाणपत्र र चाँदीको मेडल, दोस्रोलाई ५० हजार, तेस्रोलाई २५ हजार, चौथोलाई १० हजार, पाँचौंलाई ५ हजार, छैटौंदेखि १० औंसम्मलाई ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ।

पाँच किलोमिटर महिला लक्षित प्रतियोगितामा प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई ५ हजार, चौथोलाई ३ हजार, पाँचौंलाई २ हजार ५ सय, छैटौंदेखि १० औंसम्मलाई एक हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा विभिन्न सहयोगी संस्थाहरु पनि जोडिएका छन्। क्लबले सन् २०१९/२० मा पहिलो पटक मिनी म्याराथन आयोजना गरेको थियो।

 

Source Link:- रोटरी क्लब अफ रत्ननगरले मिनी म्याराथुन दौड आयोजना गर्ने(aarushikhabar.com)

 

Other Recent Blogs
BBM Salary in Nepal: Freshers to Management Roles

05 Jun 2026


BHM vs Culinary Arts in Nepal: Career, Salary & Scope

05 Jun 2026


BBS vs BBM in Nepal: Which Degree Is Better for You?

05 Jun 2026


Best Private Sector Jobs After BBA in Nepal

05 Jun 2026