भरतपुरमा बिएचएम र बिआइएम कोर्षका लागि आरम्भ कलेज सञ्चालन

Published Date: 30 Jul 2024

भरतपुरमा बिएचएम र बिआइएम कोर्षका लागि आरम्भ कलेज सञ्चालन

19 August, 2023

 

चितवन, भरतपुरमा प्रविधि र सीपमूलक शिक्षा दिने उद्धेश्यले आरम्भ कलेजको स्थापना गरिएको छ। विद्यार्थीलाई बैदेशिक शिक्षामा जान कम गरी स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारी दिने उद्देश्यले कलेज सञ्चालनमा ल्याइएको हो। यो कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ र सैद्धान्तिक शिक्षाका साथै व्यवहारिक शिक्षालाई पनि प्राथमिकता दिन्छ।

कलेजका अध्यक्ष सुरेन्द्र सुवेदीले बैदेशिक शिक्षालाई न्यूनिकरण गर्दै स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले कलेज सञ्चालनमा ल्याइएको बताए। चितवनका विद्यार्थी बैदेशिक शिक्षामा धेरै जाने भएकाले यो कलेज यहाँ सञ्चालन गरिएको हो। कलेजका प्राचार्य सुरज शिवाकोटीले पहिलो बर्ष सबै विद्यार्थीलाई जनही एक लाख रुपैयाँ छात्रवृत्ति दिने जानकारी दिए।

कलेजमा बीएचएम (ब्याचलर अफ होटल मेनेजमेन्ट) र बीआईएम (ब्याचलर अफ इन्फर्मेसन मेनेजमेन्ट) का कक्षाहरु सञ्चालन हुनेछ। बीएचएमको लागि सात लाख ५० हजार र बीआईएमको लागि छ लाख रुपैयाँ शुल्क तोकिएको छ। पत्रकारका सन्तान र सरकारी कर्मचारीलाई ५० प्रतिशतसम्म छुट दिने योजना छ।

कलेजले विद्यार्थीलाई विभिन्न आधारमा छात्रवृत्ति प्रदान गर्नेछ, जसमा मेरिट बेस, विशिष्ट क्षेत्र, आवश्यकतामा आधारित, खेलाडी वा प्रतिभा पहिचान, र सामुदायिक सेवा आधार समावेश छ। कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न पालिकासँग समन्वय गर्नेछ र उद्यमशीलता विकासका लागि विभिन्न विश्वविद्यालय र संस्थासँग सहकार्य गर्नेछ।

 

Source Link:- भरतपुरमा बिएचएम र बिआइएम कोर्षका लागि आरम्भ कलेज सञ्चालन (satyatathyasamachar.com)

Other Recent Blogs
BBM Salary in Nepal: Freshers to Management Roles

05 Jun 2026


BHM vs Culinary Arts in Nepal: Career, Salary & Scope

05 Jun 2026


BBS vs BBM in Nepal: Which Degree Is Better for You?

05 Jun 2026


Best Private Sector Jobs After BBA in Nepal

05 Jun 2026