भरतपुरमा बिएचएम र बिआइएम कोर्षका लागि आरम्भ कलेज सञ्चालन

Published Date: 29 Jul 2024

भरतपुरमा बिएचएम र बिआइएम कोर्षका लागि आरम्भ कलेज सञ्चालन

चितवन:  चितवनको भरतपुरमा आरम्भ कलेज स्थापना गरिएको छ, जसको मुख्य उद्देश्य विद्यार्थीलाई प्रविधि र सीपमुलक शिक्षा प्रदान गर्नु हो। बैदेशिक शिक्षामा जाने प्रवृत्ति कम गरी स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारीका अवसर दिन यो कलेज सञ्चालनमा ल्याईएको हो। कलेजको सञ्चालनमा दुईदशकभन्दा बढी समय अध्यापन अनुभव भएका लेक्चर र प्रोफेसरहरूको संयुक्त प्रयास रहेको छ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा सैद्धान्तिक शिक्षासँगै व्यवहारिक शिक्षालाई प्राथमिकता दिइन्छ। कलेजका अध्यक्ष सुरेन्द्र सुबेदीले स्वदेशमै गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कलेज सञ्चालनमा ल्याइएको बताए। उनले बैदेशिक शिक्षामा जाने विद्यार्थीको संख्या घटाउन स्वदेशमै रोजगारी दिने आफ्नो उद्देश्य रहेको प्रष्ट पारे।

कलेजले यो शैक्षिक सत्रबाट अध्ययन अध्यापन शुरु गर्नेछ र पहिलो बर्ष विद्यार्थीलाई जनही एक लाख रुपैयाँ छात्रवृत्ति दिनेछ। बीएचएम र बीआईएम चार वर्षे कार्यक्रम हुन्, जसको शुल्क क्रमशः सात लाख ५० हजार र छ लाख रुपैयाँ तोकिएको छ। पहिलो वर्ष भएकाले सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ।

पत्रकारका सन्तान र सरकारी कर्मचारीलाई ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ। शिक्षा क्षेत्रमा लामो समय योगदान गरेका सुवेदीले विभिन्न पालिकासँग समन्वय गर्दै विद्यार्थीलाई उद्यमशील बनाउन विभिन्न विश्वविद्यालय र संस्थासँग सहकार्य गर्ने जानकारी दिए। दुवै संकायमा ६६ सिट उपलब्ध छन् र पैसाकै कारण उच्च शिक्षा लिन नसकेका विद्यार्थीलाई पनि छात्रवृत्ति दिइनेछ।

कलेजले मेरिट बेस, विशिष्ट क्षेत्र, आवश्यकता, खेलाडी वा प्रतिभा पहिचान गरी सामुदायिक सेवामा आधारित छात्रवृत्तिहरू उपलब्ध गराउनेछ। विद्यार्थीको प्रतिभा र क्षमता पहिचान गरी सम्मान र थप छुट दिने योजना पनि रहेको छ।


Source Link: भरतपुरमा बिएचएम र बिआइएम कोर्षका लागि आरम्भ कलेज सञ्चालन (nagarikvoice.com)
 

Other Recent Blogs
BBM Salary in Nepal: Freshers to Management Roles

05 Jun 2026


BHM vs Culinary Arts in Nepal: Career, Salary & Scope

05 Jun 2026


BBS vs BBM in Nepal: Which Degree Is Better for You?

05 Jun 2026


Best Private Sector Jobs After BBA in Nepal

05 Jun 2026