बीएचएम र बीआइएम संकायका बिद्यार्थीको रोजाईमा आरम्भ कलेज

Published Date: 30 Jul 2024

बीएचएम र बीआइएम संकायका बिद्यार्थीको रोजाईमा आरम्भ कलेज

14 March , 2024

 

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको आरम्भ कलेजले छोटो समयमै विद्यार्थी र अभिभावकहरूको मन जित्न सफल भएको छ। चितवन देशकै केन्द्र भएर शैक्षिक हबको रूपमा विकास भइरहेको कारण विभिन्न संकायका कलेजहरू खुलिरहेका छन्। गत शैक्षिक सत्रदेखि बीआईएम (ब्याचलर अफ इन्फर्मेसन मेनेजमेन्ट) र बीएचएम (ब्याचलर अफ होटल मेनेजमेन्ट) कक्षाहरू सञ्चालन गरेको आरम्भ कलेजमा क्षमता भन्दा तीन गुणा बढी आवेदन प्राप्त भएको छ।

कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले बीआईएम र बीएचएम कार्यक्रमहरूमा विद्यार्थीहरूको अत्यधिक आकर्षण रहेको बताए। बीआईएममा ६६ सिटका लागि २१५ आवेदन प्राप्त भएको र बीएचएममा पनि ६६ सिटका लागि २१५ आवेदन प्राप्त भएको छ। दक्ष र अनुभवी शिक्षकहरूद्वारा अध्यापन गरिने भएकोले विद्यार्थीहरूको आकर्षण बढेको छ।

आरम्भ कलेजले हालसम्म ९ वटा जिल्लाका २७०० विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र तालिम कार्यक्रमहरू सञ्चालन गरेको छ। अन्य कलेजका ३७५ जना प्रिन्सिपल, भाइस प्रिन्सिपल, शैक्षिक अगुवा र संचालक समितिका अध्यक्षसँग अन्तरक्रिया गरिएको छ। कलेजमा अध्ययन गरिएका प्रथम सेमेस्टरका ५०% बीएचएम र ४०% बीआईएम विद्यार्थीहरूले इन्टर्नसिपसँगै रोजगार प्राप्त गरेका छन्।

बीआईएमका विद्यार्थीहरूले ईन्सुरेन्स, वित्तीय संस्था, विभिन्न उद्योग, आईटी कम्पनी लगायत आउटसोर्सिङ्गमा काम गर्न सक्ने भएकाले यो संकायप्रति आकर्षण बढेको हो। कलेजमा अत्याधुनिक प्रयोगशाला, लाइब्रेरी, सेमिनार हल, र यथेष्ट पार्किङ्ग सुविधा उपलब्ध छन्।

प्राचार्य शिवाकोटीले चितवनलाई अध्ययनको हब बनाउने योजना रहेको बताए। विदेशका केही कलेज तथा विश्वविद्यालयसँग समझदारी भइसकेको र नेपाललाई शिक्षाको केन्द्र बनाउन गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज लागि परेको उनको भनाइ छ।

 

Source Link:- बीएचएम र बीआइएम संकायका बिद्यार्थीको रोजाईमा आरम्भ कलेज(www.nabinkhabar.com)

Other Recent Blogs
BBM Salary in Nepal: Freshers to Management Roles

05 Jun 2026


BHM vs Culinary Arts in Nepal: Career, Salary & Scope

05 Jun 2026


BBS vs BBM in Nepal: Which Degree Is Better for You?

05 Jun 2026


Best Private Sector Jobs After BBA in Nepal

05 Jun 2026