पढ्दै कमाउँदै गर्न पाइने गरी भरतपुरमा खुल्यो आरम्भ कलेज

Published Date: 30 Jul 2024

पढ्दै कमाउँदै गर्न पाइने गरी भरतपुरमा खुल्यो आरम्भ कलेज

9 August , 2024

 

 

चितवन, भरतपुरको बाइपासरोड स्थित नहर चोकमा आरम्भ कलेज स्थापना भएको छ। कलेजले यसै वर्षबाट ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) र ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बीआईएम) मा भर्ना खुलाउने तयारी गरेको छ। काठमाडौंमा विभिन्न कलेज सञ्चालन गरेर सफलता प्राप्त गरेका व्यक्तिहरुले यो कलेज खोलेका हुन्।

कलेजका प्रिन्सिपल सुरज सिवाकोटीले पहिलो वर्षमा भर्ना भएका प्रत्येक विद्यार्थीलाई १/१ लाखको छात्रवृत्ति दिने योजना रहेको बताए। तेस्रो वर्षबाट सबै विद्यार्थीहरुलाई जागिर खुवाउने योजना बनाइएको छ। पहिलो र दोश्रो वर्ष पढेर तेस्रो वर्षबाट काममा लगाइदिने योजना सफल हुँदा चार वर्षको पढाई सक्दासम्म विद्यार्थीहरुले पढेको शुल्क बराबर कमाइ गर्न सक्नेछन्।

होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई इन्टर्नसिपको लागि युरोप, अमेरिका र अष्ट्रेलिया पठाउन सहज प्रबन्ध मिलाइएको छ। आईटी पढेका विद्यार्थीहरुलाई माइक्रोसफ्ट, गुगल, ओराकल लगायतका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेका आईटी क्षेत्रहरुमा सहभागी गराउने व्यवस्था गरिएको छ।

कलेज १२ कठ्ठा जग्गामा आफ्नै दुई भवन बनाएर सञ्चालनमा आएको हो। कलेज परिसरमा बास्केटबल, फुटसल, स्विमिङ्ग र सभाहलको सुविधा पनि उपलब्ध छ।

आरम्भ कलेजले पढ्दै कमाउँदै गर्ने अवसर प्रदान गर्दै विद्यार्थीहरुलाई स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारको मौका दिने लक्ष्य राखेको छ।

 

Source Link:- पढ्दै कमाउँदै गर्न पाइने गरी भरतपुरमा खुल्यो आरम्भ कलेज(chitwanaaja.com)

Other Recent Blogs
BBM Salary in Nepal: Freshers to Management Roles

05 Jun 2026


BHM vs Culinary Arts in Nepal: Career, Salary & Scope

05 Jun 2026


BBS vs BBM in Nepal: Which Degree Is Better for You?

05 Jun 2026


Best Private Sector Jobs After BBA in Nepal

05 Jun 2026