नवीन सोचलाई आकार दिन ‘आरम्भ इनोभेसन हब’

Published Date: 14 Aug 2024

नवीन सोचलाई आकार दिन ‘आरम्भ इनोभेसन हब’

8 July, 2024

 

 

चितवनस्थित आरम्भ कलेजमा ‘आरम्भ इनोभेसन हब’को उद्घाटन भएको छ, जसमा जापानी कम्पनी फोर्थ भ्याली कन्सियर्स र नेपाली संस्था आइडिया स्टुडियो, लिड एक्स नेपालको सहकार्यमा सेफ सन्तोष शाह र आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ लामाले हबको उद्घाटन गरेका हुन्।

कलेजका प्रिन्सिपल सुरज शिवाकोटीका अनुसार, यो इनोभेसन हबले विद्यार्थीहरूको नवीन सोचलाई आकार दिन, स्टार्टअप कल्चरलाई प्रोत्साहन गर्न, र उद्यमशीलता तथा व्यक्तिगत विकासमा सहयोग पुर्‍याउनेछ। हबले पहिलो वर्ष १०, दोस्रो वर्ष २०, तेस्रो वर्ष ३० र चौथो वर्ष ५० जना विद्यार्थीलाई आफ्नै व्यवसाय वा कम्पनीको विकास गर्ने अवसर प्रदान गर्नेछ।

सेफ शाहले हस्पिटालिटी र उद्यमशीलता विषयमा बिएचएम र बिआइएममा अध्ययनरत विद्यार्थीहरूसँग अन्तक्र्रिया गरेका छन्। उनले विद्यार्थीहरूलाई उद्योगमा भविष्यका सम्भावनाहरू र व्यक्तिगत विकासका अवसरहरूबारे छलफल गरेका थिए।

 

Source Link: नवीन सोचलाई आकार दिन ‘आरम्भ इनोभेसन हब’ (https://nayapatrikadaily.com/)

Other Recent Blogs
BIM Salary in Nepal: Entry-level jobs, Growth & Future Potential

24 Apr 2026


BBS vs BBA in Nepal: Which Degree Has Better Career Value?

24 Apr 2026


BBA vs BBM in Nepal: Fees, Scope, Salary, Difficulty & Abroad Opportunities

24 Apr 2026


BHM Salary in Nepal: What Can Fresh Graduates Expect?

15 Apr 2026