नवीन सोचलाई आकार दिन ‘आरम्भ इनोभेसन हब’

Published Date: 14 Aug 2024

नवीन सोचलाई आकार दिन ‘आरम्भ इनोभेसन हब’

8 July, 2024

 

 

चितवनस्थित आरम्भ कलेजमा ‘आरम्भ इनोभेसन हब’को उद्घाटन भएको छ, जसमा जापानी कम्पनी फोर्थ भ्याली कन्सियर्स र नेपाली संस्था आइडिया स्टुडियो, लिड एक्स नेपालको सहकार्यमा सेफ सन्तोष शाह र आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ लामाले हबको उद्घाटन गरेका हुन्।

कलेजका प्रिन्सिपल सुरज शिवाकोटीका अनुसार, यो इनोभेसन हबले विद्यार्थीहरूको नवीन सोचलाई आकार दिन, स्टार्टअप कल्चरलाई प्रोत्साहन गर्न, र उद्यमशीलता तथा व्यक्तिगत विकासमा सहयोग पुर्‍याउनेछ। हबले पहिलो वर्ष १०, दोस्रो वर्ष २०, तेस्रो वर्ष ३० र चौथो वर्ष ५० जना विद्यार्थीलाई आफ्नै व्यवसाय वा कम्पनीको विकास गर्ने अवसर प्रदान गर्नेछ।

सेफ शाहले हस्पिटालिटी र उद्यमशीलता विषयमा बिएचएम र बिआइएममा अध्ययनरत विद्यार्थीहरूसँग अन्तक्र्रिया गरेका छन्। उनले विद्यार्थीहरूलाई उद्योगमा भविष्यका सम्भावनाहरू र व्यक्तिगत विकासका अवसरहरूबारे छलफल गरेका थिए।

 

Source Link: नवीन सोचलाई आकार दिन ‘आरम्भ इनोभेसन हब’ (https://nayapatrikadaily.com/)

Other Recent Blogs
How to Choose the Right Information Technology Career Path for You?

26 Feb 2025


How the Characteristics of the Hospitality Industry Shape Customer Experience?

20 Feb 2025


What you need to know before joining the IT sector?

14 Feb 2025


How can Aaramba College prepare you to get a job in Nepal's growing IT industry?

06 Feb 2025