आरम्भ कलेजमा रहेको ‘आरम्भ इन्नोभेसन हब’ को उद्घाटन

Published Date: 02 Aug 2024

आरम्भ कलेजमा रहेको ‘आरम्भ इन्नोभेसन हब’ को उद्घाटन

13 July , 2024

 

आइतबार आरम्भ कलेजमा ‘आरम्भ इन्नोभेसन हब’ को उद्घाटन समारोह सम्पन्न भयो। जापानी कम्पनी फोर्थ भ्याली कन्सियर्स र नेपाली संस्था लिड एक्स नेपालको सहयोगमा स्थापित हबको उद्घाटन अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ सन्तोष शाह र आइडिया स्टुडियोका सहसंस्थापक डा. छिरिङ लामाले गरे।

लिड एक्स नेपालले युवाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा उद्यमशीलताको अवसरहरु खोज्न र सघाउन मद्दत गर्दै आएको छ। यसले व्यक्तित्व विकास र पेशागत क्षमताको अभिवृद्धिमा पनि सहयोग गर्छ। फोर्थ भ्याली कन्सियर्सले अन्तर्राष्ट्रिय स्तरमा प्रविधि र व्यक्तिगत पहुँचमा सहायता पुर्याउँछ। यसको सञ्जाल १८६ देशमा फैलिएको छ। आइडिया स्टुडियोले नीति, ज्ञान र अभ्यासमा सहयोग गर्दै ‘सोचदेखि उद्योगसम्म’ भन्ने नारालाई अघि बढाएको छ।

आरम्भ कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले इन्नोभेसन हबले विद्यार्थीहरुको नवीन सोचलाई आकार दिने काममा सहयोग गर्ने बताए। उनले भने, ‘इन्नोभेसन हबले स्टार्टअप कल्चर, उद्यमशीलताको विकास र विद्यार्थीहरुको व्यक्तिगत विकासमा योगदान पुर्याउँछ।’ शिवाकोटीले एक वर्षभित्र पहिलो वर्ष १०, दोस्रो वर्ष २०, तेस्रो वर्ष ३० र चौथो वर्ष ५० जना विद्यार्थीले आफ्नै व्यवसायको विकास, कम्पनीको विकास गरी त्यसको प्रमुख भएर काम गर्ने वातावरण बनाउने उद्देश्य रहेको जानकारी दिए।

 

Source Link: आरम्भ कलेजमा रहेको ‘आरम्भ इन्नोभेसन हब’ को उद्घाटन (kayakairan.com)

Other Recent Blogs
BBM Salary in Nepal: Freshers to Management Roles

05 Jun 2026


BHM vs Culinary Arts in Nepal: Career, Salary & Scope

05 Jun 2026


BBS vs BBM in Nepal: Which Degree Is Better for You?

05 Jun 2026


Best Private Sector Jobs After BBA in Nepal

05 Jun 2026