आरम्भ कलेजका विद्यार्थीले उद्योग संघमा गरे उद्यमशीलताबारे छलफल

Published Date: 02 Aug 2024

आरम्भ कलेजका विद्यार्थीले उद्योग संघमा गरे उद्यमशीलताबारे छलफल

3 July , 2024

 

भरतपुर-११, नहरचोक नजिक रहेको आरम्भ कलेजका विद्यार्थीले आइतबार चितवन उद्योग संघमा आयोजित एक कार्यक्रममा उद्यमशीलताबारे छलफल गरे। उद्योग संघको महिला उद्यमी मञ्चले आरम्भ कलेजसँगको सहकार्यमा आयोजना गरेको समूहगत छलफल कार्यक्रममा कलेजका ६५ जना विद्यार्थी सहभागी भए।

समूहगत छलफलमा महिला उद्यमी मञ्चकी अध्यक्ष सिर्जना सोती, अन्नपूर्ण एग्रो फुड प्रोडक्ट्सकी प्रोप्राइटर प्रतिभा श्रेष्ठ, डोको नाम्लो किसान घरका निर्देशक भरत दवाडी, र मल्टीभर्स इन्जिनियरीङ सोलुसनका प्रबन्ध निर्देशक इन्जिनियर अधिकार चालिसेले आफ्ना संघर्षका कथाहरु सुनाए। छलफलको मध्यस्थता उद्योग संघकी कार्यक्रम अधिकृत कल्पना बस्ताकोटीले गरिन्।

वक्ताहरुले युवाहरुलाई शिक्षा र रोजगारीसँग कसरी जोड्ने, सीप र उद्योगलाई कसरी सँगै लैजान सकिन्छ भन्ने विषयमा छलफल गरे। शिक्षा, रोजगारी, व्यवसाय, र उद्योगबिचको सम्बन्धलाई नङ र मासु जस्तै बताउँदै, उद्यमशील बन्ने सोचाई कक्षाकोठाबाटै विकसित गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा १८ जना युवा उद्यमी पनि सहभागी थिए। कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले यो कार्यक्रम उद्योग संघ र आरम्भ कलेजबीचको सहकार्यको पहिलो पाइला भएको बताउँदै, आगामी दिनमा पनि यस्ता कार्यक्रममा कलेजको साथ र सहयोग रहने जानकारी दिए।

 

Source Link: आरम्भ कलेजका विद्यार्थीले उद्योग संघमा गरे उद्यमशीलताबारे छलफल (kayakairan)

Other Recent Blogs
Front Office vs Food & Beverage vs Housekeeping: Which BHM Specialisation Fits You?

23 Sep 2026


BITM Project Portfolio Ideas for Students: 12 Practical Projects to Impress Employers

23 Sep 2026


Hotel Management in Chitwan: How Tourism, Events and Resorts Create BHM Career Paths

23 Sep 2026


BITM for Management Students After +2: Can Non-Science Students Build an IT Career?

23 Sep 2026