आरम्भ कलेजका विद्यार्थीले उद्योग संघमा गरे उद्यमशीलताबारे छलफल

Published Date: 02 Aug 2024

आरम्भ कलेजका विद्यार्थीले उद्योग संघमा गरे उद्यमशीलताबारे छलफल

3 July , 2024

 

भरतपुर-११, नहरचोक नजिक रहेको आरम्भ कलेजका विद्यार्थीले आइतबार चितवन उद्योग संघमा आयोजित एक कार्यक्रममा उद्यमशीलताबारे छलफल गरे। उद्योग संघको महिला उद्यमी मञ्चले आरम्भ कलेजसँगको सहकार्यमा आयोजना गरेको समूहगत छलफल कार्यक्रममा कलेजका ६५ जना विद्यार्थी सहभागी भए।

समूहगत छलफलमा महिला उद्यमी मञ्चकी अध्यक्ष सिर्जना सोती, अन्नपूर्ण एग्रो फुड प्रोडक्ट्सकी प्रोप्राइटर प्रतिभा श्रेष्ठ, डोको नाम्लो किसान घरका निर्देशक भरत दवाडी, र मल्टीभर्स इन्जिनियरीङ सोलुसनका प्रबन्ध निर्देशक इन्जिनियर अधिकार चालिसेले आफ्ना संघर्षका कथाहरु सुनाए। छलफलको मध्यस्थता उद्योग संघकी कार्यक्रम अधिकृत कल्पना बस्ताकोटीले गरिन्।

वक्ताहरुले युवाहरुलाई शिक्षा र रोजगारीसँग कसरी जोड्ने, सीप र उद्योगलाई कसरी सँगै लैजान सकिन्छ भन्ने विषयमा छलफल गरे। शिक्षा, रोजगारी, व्यवसाय, र उद्योगबिचको सम्बन्धलाई नङ र मासु जस्तै बताउँदै, उद्यमशील बन्ने सोचाई कक्षाकोठाबाटै विकसित गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा १८ जना युवा उद्यमी पनि सहभागी थिए। कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले यो कार्यक्रम उद्योग संघ र आरम्भ कलेजबीचको सहकार्यको पहिलो पाइला भएको बताउँदै, आगामी दिनमा पनि यस्ता कार्यक्रममा कलेजको साथ र सहयोग रहने जानकारी दिए।

 

Source Link: आरम्भ कलेजका विद्यार्थीले उद्योग संघमा गरे उद्यमशीलताबारे छलफल (kayakairan)

Other Recent Blogs
BBM Salary in Nepal: Freshers to Management Roles

05 Jun 2026


BHM vs Culinary Arts in Nepal: Career, Salary & Scope

05 Jun 2026


BBS vs BBM in Nepal: Which Degree Is Better for You?

05 Jun 2026


Best Private Sector Jobs After BBA in Nepal

05 Jun 2026