आरम्भ कलेज: पढ्दै कमाउँदै अभियानमा अग्रसर

Published Date: 02 Aug 2024

आरम्भ कलेज: पढ्दै कमाउँदै अभियानमा अग्रसर

30 July, 2024

 

चितवनको भरतपुर-११ स्थित आरम्भ कलेजले “पढ्दै कमाउँदै” भन्ने नारालाई साकार गर्दै विद्यार्थीहरूलाई सीपयुक्त रोजगारीमा जोड्ने उद्देश्य अघि सारेको छ। आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा कलेजले यस बारे जानकारी दिएको हो।

कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले होटल म्यानेजमेन्ट (बीएचएम) र इन्फर्मेशन म्यानेजमेन्ट (बीआईएम) कार्यक्रमको अध्ययनले विद्यार्थीको उज्ज्वल भविष्य सुनिश्चित गर्ने बताएका छन्। बीएचएमको शुल्क ७ लाख ५० हजार र बीआईएमको ६ लाख रुपैयाँ निर्धारण गरिएको छ। कलेजले स्थापना वर्षमै १ करोड ३१ लाख रुपैयाँको छात्रवृत्ति वितरण गरेको र यस वर्ष २५ जनालाई ५० हजारका दरले छात्रवृत्ति दिने योजना बनाएको छ। मकवानपुरका विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा हाल १३१ विद्यार्थी अध्ययनरत छन्, जसमा चितवन, मकवानपुर, नवलपरासी र आसपासका जिल्लाका विद्यार्थीहरू समावेश छन्। कलेज परिसरमा १२ कठ्ठा क्षेत्रमा बास्केटबल कोर्ट, फुटसल मैदान, पौडी पोखरी र सभाहल निर्माण गरिएको छ। सबै कक्षाकोठामा एयर कन्डिसनर जडान गरिएको छ। पत्रकार सम्मेलनमा कलेजका निर्देशकहरू र नेपाल पत्रकार महासंघका पदाधिकारीहरूको उपस्थिति थियो।

 

Source Link: आरम्भ कलेज: पढ्दै कमाउँदै अभियानमा अग्रसर (nepalkalam.com)

Other Recent Blogs
BBM Salary in Nepal: Freshers to Management Roles

05 Jun 2026


BHM vs Culinary Arts in Nepal: Career, Salary & Scope

05 Jun 2026


BBS vs BBM in Nepal: Which Degree Is Better for You?

05 Jun 2026


Best Private Sector Jobs After BBA in Nepal

05 Jun 2026