Published Date: 29 Jul 2024
20 August , 2023
प्रविधि र सीपमुलक शिक्षा प्रदान गर्ने उद्देश्यले आरम्भ कलेज स्थापना गरिएको छ। विद्यार्थीलाई बैदेशिक शिक्षामा जान नपरोस् र स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारीको अवसर मिलोस् भन्ने उद्देश्यले यो कलेज सञ्चालनमा ल्याइएको हो। दुईदशकभन्दा बढी अध्यापन अनुभव भएका लेक्चर र प्रोफेसरहरूको संयुक्त प्रयासमा कलेज स्थापना भएको हो।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले सैद्धान्तिक शिक्षासँगै व्यवहारिक शिक्षालाई प्राथमिकता दिनेछ। कलेजका अध्यक्ष सुरेन्द्र सुबेदीले स्वदेशमै गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादन गर्न कलेज स्थापना गरिएको बताए। चितवनमा बढी विद्यार्थी बैदेशिक शिक्षामा जाने हुँदा यो कलेज सञ्चालन गरिएको उनले बताए।
कलेजले यो शैक्षिक सत्रबाट अध्ययन अध्यापन शुरू गर्नेछ र पहिलो वर्षमा सबै विद्यार्थीलाई जनही एक लाख रुपैयाँ छात्रवृत्ति दिनेछ। बीएचएम र बीआईएम चार वर्षे कार्यक्रम हुन्, जसको शुल्क क्रमशः सात लाख ५० हजार र छ लाख रुपैयाँ तोकिएको छ।
पत्रकारका सन्तान र सरकारी कर्मचारीलाई ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ। सुवेदीले विभिन्न पालिकासँग समन्वय गर्दै विद्यार्थीलाई उद्यमशील बनाउन विभिन्न विश्वविद्यालय र संस्थासँग सहकार्य गर्ने जानकारी दिए। दुवै संकायमा ६६ सिट उपलब्ध छन् र आर्थिक समस्याका कारण उच्च शिक्षा लिन नसकेका विद्यार्थीलाई पनि छात्रवृत्ति दिइनेछ।
कलेजले मेरिट बेस, विशिष्ट क्षेत्र, आवश्यकता, खेलाडी वा प्रतिभा पहिचान गरी सामुदायिक सेवामा आधारित छात्रवृत्तिहरू प्रदान गर्नेछ। विद्यार्थीको प्रतिभा र क्षमता पहिचान गरी सम्मान र थप छुट दिने योजना पनि रहेको छ।
Source Link:- अन्र्तराष्ट्रिय पहुंँच विस्तार गर्दै भरतपुरको आरम्भ कलेज (nagarikvoice.com)